Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई वर्षपछि सार्वजनिक हुँदै विप्लवः प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्ने


    शुक्रबार, फाल्गुन २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई बर्षदेखि भूमिगत भएका नेत्रविक्रम चन्द ‘बिप्लव’ सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै आज सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले आज संयुक्त रुपमा एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

    सरकार र विप्लव समूहबीच बिहीबार बिहान तीन बुँदे सहमति भएको थियो । त्यही सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा संयुक्त ‘विशेष समारोह’ आयोजना गरिएको छ । जुन समारोहमा चन्द सार्वजनिक हुन लागेका हुन् । 

    बिहीबार बिहान भएको तीन बुँदे सहमतिपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार