Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १ हजार ५ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, माघ १ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन चाँदी बिहीबार घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार