काठमाडौं । ओली नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्रतिनिधिसभा पुनस्र्थापना भएको नवौं दिनमा मुख खोलेका छन् । संसद पुनस्र्थापनापछि उनी मौन थिए । उनी नेकपामा एकता गराउन वार्तामा लागेका कारण ९ दिनसम्म केही पनि बोलेका थिएनन् । तर नवौं दिनमा उनले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् ।
बिहीबार बुटवलमा महासचिव पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले नेतृत्व गरेको सरकार नै अब बाँकी २ बर्षसम्म टिक्ने घोषणा गरेका छन् । ओलीलाई सरकारबाट हटाउन गरिएका क्रियाकलाप निरर्थक हुने र बाँकी दुई वर्ष पनि ओलीकै नेतृत्वमा सरकार हुने दाबी उनले गरेका छन् । ओली सरकार हटाउने प्रयास निरर्थक हुने उनले बताएका छन् ।
‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत रहेका उनले दाबी गरेका छन् । तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पार्टीलाई पुर्याएकाले अहिले उनलाई पार्टी पहिलो बनेकोमा चित्त नबुझेको आरोप पौडेलले लगाएका छन् । माधव नेपालले १५ बर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, पौडेलले भने, तेस्रो भएको पार्टीलाई पहिलोे भएको माधव नेपाललाई चित्त बुझेन । र, विभाजन गर्ने काम गर्नुभयो । माधव नेपालकै कारण २०५४ मा पार्टी विभाजन भएको आरोप पनि पौडेलले लगाएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend