Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ तोलाकै २ लाख ८० हजार नजिक पुग्यो


    बुधबार, पुष ३० २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

    महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ ।

    यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार