Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अप्ठेरोमा परेका ओलीलाई विप्लवले सजिलो बनाइदिएका छन्ः रामहरि खतिवडा


    बिहिबार, फाल्गुन २० २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच वार्ता सम्पन्न भएको छ । वार्तामा तीन बुँदे सहमति भएको छ । बिहीबार सहमति भए पनि सहमतिको सबै ब्यहोरा शुक्रबार मात्र सार्वजनिक हुने बताइएको छ । विप्लवसँग सरकारको सहमतिबारे नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले भने प्रधानमन्त्रीलाई अप्ठेरो परेको बेला सजिलो भएको छ ।

    खतिवडाले भने–प्रधानमन्त्री केपी शर्मा ओलीको सिके राउत र नेत्रविक्रम चन्द(विप्लव) समूहसँग राम्रो सम्बन्ध रहेको कुरा रातारात वार्ता र सहमतिले देखाएको छ । सिके राउतकै झैं विप्लवसँग पनि रातारात वार्ता र सहमति भएको थियो । अहिले विप्लवसँग पनि त्यसैगरी वार्ता र सहमति भएको छ । यो उपलब्धी पनि हो ।

    हामीलाई विप्लवहरु साँच्चिकै बिद्रोही नै हुन् कि जस्तो लागेको थियो । शान्तिप्रक्रियामा आए खुसीको कुरा हो, उनी भन्छन्,  प्रधानमन्त्रीसँगको विगतदेखि नै राम्रो सम्बन्धका कारण नै यो सफलता प्राप्त भएको हो । उहाँलाई अप्ठेरो परेको बेला सहयोग गर्नेहरुलाई देशले पनि चिन्नुपर्छ ।

    खतिवडा भन्छन््,देशलाई अप्ठेरो परेको बेला निकास दिन प्रधानमन्त्री सफल भएका हुन् कि बिप्लवसँग उहाँको राम्रो सम्बन्ध पहिलेदेखि नै भएकाले भएको हो, विश्लेषण भोलिका दिनमा गरौंला ।  खतिवडा विप्लवलाई वार्तामार्फत् शान्तिपूर्ण बाटोमा आएकोमा हार्दिक बधाइ दिन्छु । प्रधानमन्त्रीलाई अप्ठेरो परेको बेला झन् सजिलो बनाउने काम विप्लवहरुले गर्नुभयो । यसका लागि झन् धन्यवादका पात्र विप्लवजी हुनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार