Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    मंगलबार, पुष २९ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज पनि सुनचाँदीकै भाउले नयाँ रेकर्ड बनाएको छ।

    सोमबार तोलामा चार हजार एकसय बढेको सुनको मूल्य आज फेरि एक हजार आठसय रुपैयाँ बढेर दुई लाख ७६ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

    हिजो सुनको मूल्य तोलाको दुई लाख ७४ हजार सातसय रुपैयाँ थियो।

    त्यसैगरि आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च बनेको छ। तोलामा १४५ रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार तीनसय ४० पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो।

    हिजो तोलामा २०५ रुपैयाँ बढेर चाँदीको भाउ पाँच हजार एकसय ९५ रुपैयाँ पुगेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार