Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?


    सोमबार, पुष २८ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको हो।

    आज सुन अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

    चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार