Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईटाभट्टामा जिउँदै मानिस जलाउनेलाई किन छुटाउँदै छन् देउवा ?


    बुधबार, फाल्गुन १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । १२ बर्षअघि जिउँदै मान्छलाई इँटाभट्टामा जलाएर मारेका  पूर्वसांसद मोहम्मद आफताब आलमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  छुटाउन पहल गरिरहेको बताएका छन् ।

    आज (बुधबार) गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जेलमा रहेका निलम्बित सांसद आलमलाई छुटाउन आफूले पहल गरिरहेको बताएका हुन्।

    देउवाले मोहम्मद आफताब आलमको मुद्दा अहिलेपनि अदालती प्रक्रियामा रहेकाको बताएका छन् । देउवाले मोहम्मद आफताबलाई छुटाउन प्रयासरत रहेको  बताएका छन् । देउवाले महायज्ञको उद्घाटन गर्ने अवसर दिएकोमा गढीमाई नगरपालिकाका मेयर श्यामबाबुु यादवलाई विषेश धन्यवाद दिएका थिए ।

    महायज्ञ उद्घाटनको कार्यक्रममा काँग्रेस नेता ईन्द्रप्रसाद बानियाँ, काँग्रेस जिल्ला सभापति कृष्णप्रसाद यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार