काठमाडौं । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेल सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि मौन छन् । उनी सर्वोच्च अदालतको फागुन ११ को आदेशपछि कहीँ कतै पनि सार्वजनिक कार्यक्रममा देखिएका छ्रैनन् । फागुन ११ पछि उनको अभिब्यक्ति मिडियामा समेत आएको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि उनी के गर्दैछन् त भन्ने जिज्ञासा नेकपा पंक्तिमा छ ।
नेकपाका नेताबाहेक कार्यकर्ता पंक्ति पार्टी विभाजन नहोस् भन्ने पक्षमा छन् । नेताको स्वार्थका लागि पार्टी विभाजन हुनु नहुुने पक्षमा कार्यकर्ताको ठूलो पंक्ति छ । यिनै कार्यकर्ताको भावना अनुसार नेकपाका दोस्रो तहका नेताहरु बिष्णु पौडेल, घनश्याम भूसाल, योगेश भट्टराईहरु एकताको खोजीमा छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि एकताको पक्षमा छन् ।
प्रधानमन्त्री केपी ओली समूहका पौडेल र गुरुङ, प्रचण्ड–नेपाल समूहका भूसाल, भट्टराईहरु पार्टी विभाजन हुन नदिने उपायको खोजीमा लागेका छन् । तर पार्टी एकताका लागि प्रधानमन्त्री ओली नै तयार हुनुपर्छ । अरुले चाहेर एकता संभव छैन । प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने अडानमा रहेका छन् । प्रचण्ड–नेपाल समूह राजीनामालाई नै बटमलाइन बनाइरहेको छ । यस्तो अवस्थामा एकताको लागि लागेका महासचिव पौडेलहरुको प्रयासले सार्थकता पाउने अवस्था देखिंदैन ।
महासचिव पौडेल प्रतिनिधिसभा बिघटन गर्नु नहुने पक्षमा थिए । तर पौडेलसहित आफ्नो समूहका कसैको पनि कुरा नसुनी प्रधानमन्त्री ओलीले बिघटन गरेपछि नेकपा कानुनी रुपमा एक भए पनि ब्यवहारतः दुई फ्याक भयो । प्रतिनिधिसभा पुनस्र्थापनापछि राजनीतिक गाँठो फुक्ने अपेक्षा गरिए पनि झन् जेलिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend