Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अविश्वास प्रस्तावमाथिको छलफल १२ दिन सर्यो, सांसद तानातानमा मुख्यमन्त्री


    बुधबार, फाल्गुन १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईबिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गतेका लागि सरेको छ । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव टेबल नै हुनबाट रोक्न खोजेका थिए । बल्लबल्ल फागुन ९ मा पेश भएको प्रस्तावमाथिको छलफल बिहीबार हुने भनिएकोमा पुनः १२ दिन पर धकेलिएको छ ।  

    बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको छ । अविश्वास प्रस्ताव दर्ता भइसकेपछि मुख्यमन्त्री राईले नेकपा प्रचण्ड–माधव समूहमा लागेका प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेर, उषाकला राई लगायतलाई आफ्नो पक्षमा ल्याइसकेका छन् ।

    मुख्यमन्त्री राईको तर्फबाट सांसदलाई आफ्नो प्रभावमा ल्याउनका लागि जे जस्तोसुकै प्रलोभन पनि दिने गरी भौतिक राज्यमन्त्री अम्बिर गुरुङलाई परिचालन गरिएको छ । गुरुङले ताप्लेजुङका प्रदेश सासद टंक आङबुहाङसँग पनि पटक पटक भेटेर मुख्यमन्त्री राईको पक्षमा खुलाउने प्रयास गरेका छन् ।

    आङबुहाङ, पासाङ शेर्पासहितलाई प्रतिनिधिसभा पुनस्र्थापना फागुन १३ मा हुने अनुमानका साथ फागुन १२ मा प्रवेश गराउने तयारीमा अम्बिर गुरुङहरु थिए । तर प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि फागुन १२ को कार्यक्रम स्थगित भएको छ । तर पनि अम्बिर गुरुङले टंकलाई प्रलोभन दिने कार्यलाई जारी राखेका छन् ।

    विवादास्पद र धेरै ब्यक्तिको रकम लिएर पनि नतिरेका अम्बिर गुरुङ मुख्यमन्त्री राईका विश्वासपात्रका रुपमा सांसद तान्ने खेलमा लागेका छन् । उनले टंक आङबुहाङसहितका सांसदलाई लाजिम्पाटको सांग्रिला होटलमा बोलाएर भेट्ने र मन्त्री बनाउनेदेखि आवश्यकताको बारेमा सोधीखोजी गरी सबै ब्यव ब्यवस्थापन हुने आश्वासन दिने गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार