Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छः महामन्त्री डा. कोइराला


    बुधबार, फाल्गुन १९ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् ।  आज  पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका छन् ।  
     कोइरालाले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भन्नुभयो, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।”

    कोइरालाले  सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनुभयो ।” फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु  हुने जनाउँदै अब  भने मिति नसर्ने  बताएका छन्  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार