Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • वीरगञ्जमा साँझ ६ बजेसम्म लम्बियो कर्फ्यू


    मंगलबार, पुष २२ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो ।

    सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    प्रजिअ भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार