काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताउनुभएको छ ।
भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उहाँले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताउनुभयो ।
मन्त्री नेम्वाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको औँल्याउनुभयो । उहाँले जल यातायात सञ्चालनका लागि नेपालले लामो समयदेखि प्रयास गरेको बताउनुभयो । पानीजहाजसम्बन्धी ऐन सन् १९७१ पारित गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।” मन्त्री नेम्वाङले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने बताउनुभयो ।
नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवाहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल भूपरिवेष्ठितबाट भूजडित देशको रुपमा विकसित भइरहेको छ ।” तीन दिनसम्म चल्ने सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend