काठमाडौँ नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक केही बेरअघि एमाले केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
बिहान ९ बजे नै बस्ने भनिएको एमाले सचिवालय बैठक ५० मिनेट ढिला गरी सुरु गरिएको हो।
बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ। आउने माघ ११ गते राष्ट्रिय सभाका रिक्त पदका लागि निर्वाचन हुँदै छ।
त्यसमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग छलफल अघि बढाएको छ।
गत आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ वटाका लागि चुनाव गर्न लागिएको हो।
एमालेको जारी सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, केन्द्रीय कमिटीका एजेन्डालगायत विषयमा पनि छलफल हुने पार्टी सचिव पद्मा अर्यालले जानकारी दिएकी छन्।
साथै बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend