काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले समाजमा हिंसा भड्किन नदिन सबै पक्षसँग आग्रह गरेका छन्।
सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्ष, सचिव तथा पदाधिकारीसँग भएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनु पर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको उनले बताए।
गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरे।
हाल मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेको साम्प्रदायिकता संयमता, सजगता र सहअस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि अनुरोध गरेका छन्।
छलफलमा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साह, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महामदीन अलि, थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारू, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यको उपस्थिति रहेको थियो।
सबै आयोगका कार्यवाहक अध्यक्षले अहिले मधेस प्रदेशमा देखिएको धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिलाई केन्द्र तथा प्रदेस सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने बताए।
यसअघि गृहमन्त्री अर्यालको अध्यक्षतामा सोमबार नै मधेस प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखसँग जुम बैठक गरेका थिए। बैठकमा मन्त्री अर्यालले हाल मधेस प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend