Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • किसान श्रेष्ठलाई पत्रकार सुवेदीको चुनौती, प्रचण्डसँग कुराकानी भएको रेकर्ड सुनाउँ ?


    मंगलबार, फाल्गुन १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । तनहुँ २ का सांसद कृष्णकुमार श्रेष्ठ(किसान) प्रचण्ड–माधव समूहसँग घनिभूत सम्पर्कमा पुगेको सूचना बाहिरिएपछि उनले खण्डन गरेका छन् । सांसद श्रेष्ठले प्रचण्डसँग कुराकानी भएको प्रतिक्रिया कान्तिपुरमा दिए । तर समाचार आएपछि उनी अप्ठेरोमा परे । र, आफूले भन्दै नभनेको कुरा समाचारमा आएको भन्दै जोगिन खोजे । उनले ओली समूहमा रहेका उनले आफू प्रचण्ड–नेपाल समूहमा गएको समाचार गलत भएको भनेर प्रतिवाद गरेका छन् ।

    किसान श्रेष्ठले भनेको भन्दै ‘मेरो सबै नेताहरुसँग कुरा हुन्छ, मलाई प्रचण्डले बोलाउनुभएको हो, मन्त्रीको प्रस्ताव गर्नुभएको’ प्रतिक्रिया कान्तिपुरमा आएको थियो । कान्तिपुरमा समाचार आएपछि उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रचण्डसँग कुरै नभएको भन्दै विज्ञप्ति नै जारी गरेका छन् । 
    श्रेष्ठले आफूले प्रचण्डसँग कुरा भएको भनी कसैलाई पनि प्रतिक्रिया नदिएको भनेपछि कान्तिपुर संवाददाता विनु सुवेदीले आफूसँग रेकर्ड नै रहेको उल्लेख गरेकी छन् ।  

    सुवेदीले लेखेकी छन्–‘कृष्णकुमार श्रेष्ठज्यू, नमस्कार । हिजो ४.३५ मा तपाईंले मलाई कल गर्नुहुँदा हामीबीच २ मिनेट २७ सेकेण्ड कुरा भयो । अब पत्रकारले फोन गर्दा आफ्नो मोबाइल रेकर्डमै राख्छ भन्ने यहाँलाई अबगत नै छ । तपाईंसँग मेरो औपचारिक–अनौपचारिक कुरा हुँदा जे ‘कोट’ मा राख भन्नुभो तपाईंको नाम सहित राखियो, यसमा चाहिँ कोट नगर्नु है भनेको कुरा गरिएन । फेरि सम्झाउँछु, फोन संवादको रेकर्ड मोबाइलमा जीवितै छ ।  म भएको कुरा भएन र नभएको कुरा भयो भन्दै बक्तब्यबाजी गर्दिन, न त पत्रकारिताको मर्म भुलेर फोन रेकर्ड नै सार्वजनिक गर्छु । तर पत्रकार र सांसदको हैसियतमा तपाईं र मेरो संवाद न पहिलो हो न अन्तिम हुनेछ । यदि बोलेको कुरा बिर्सिनुभा हो भने के बोल्नुभाथ्यो भेटेको बेला सुनाउँला । अहिले यति आग्रह गर्छु आफूलाई अतिकति सच्याउनुस् सांसदज्यू ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार