काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ।
सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी हुँदा आइतबार मनोनीत भएर बरिष्ठ नेता बनेका काठमाडौँ महानगरका मेयर बालेन शाह उपस्थित भएका छैनन्।
यस्तै उपसभापति बनाउने सहमति भएका कुलमान घिसिङ पनि एकता सभामा सहभागी भएका छैनन्।
नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहटरथारूवान अभियान्ताहरुलाई रास्वपामा समायोजन गर्न कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको ब्यानमार सभापति लामिछानेलाई दयाँ र बायाँ ठूला तस्बिरसहित ‘प्रोजेक्टेड’ गरिएको छ। तर, यही कार्यक्रममा बालेन र कुलमान उपस्थित भएनन्।
सहमति अनुसार बालेन रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने छन्। त्यस्तै कुलमान रास्वपाको उपसभापति हुने छन्।
रास्वपा र बालेन्द्रबीच पुस १३ गते एकता सम्झौता भएको थियो। त्यस्तै रास्वपा र कुलमानको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदै सहमति नै भएको थियो।
त्यही अनुसार आइतबार रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो। कुलमान पक्षबाट भने केन्द्रीय सदस्य नियुक्त गर्न बाँकी छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend