Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जाँचबुझ आयोगद्वारा केपी ओलीको स्थानहद फुकुवा 


    सोमबार, पुष २१ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ।

    जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो। अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो।

    आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

    जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ। आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार