Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेसमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्रीको अपिल


    सोमबार, पुष २१ २०८२
    520
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई अपिल गरेका छन्।

    सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री यादवले मधेस भूमि सदियौँदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न अपिल गरेका हुन्।

    धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जालमार्फत् शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन्।

    ‘मधेसी भूमि सदियौँदेखि हिन्दु–मुस्लिम–सबै समुदायको साझा घर हो। विविधता मधेसको सामर्थ्य र शक्ति हो। मधेसको शक्ति एकतामा छ, विभाजनमा होइन,’ मुख्यमन्त्री यादवले फेसबुकमा लेखेका छन्, ‘हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले हामी सबैलाई मर्माहत बनाएको छ। हिंसाले कहिलेपनि समाधान दिँदैन। हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ।’

    उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजनले हामी सबैलाई कमजोर बनाउँने भन्दै हिंसा सभ्य संस्कारमा स्विकार्य नभएको बताएका छन्।

    उनले सबै धर्मगुरु, राजनीतिक दल, युवा र सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको बाटो रोज्न पनि आग्रह गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार