काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका डा.अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
पाँडेले सोमबार सामाजिक सञ्जालमार्फत बन्द सूचीमा रहिरहने औचित्य नरहेको भन्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताएका छन् ।
उनले लेखेका छन्, ‘म सधैँ देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्द सूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्द सूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्द सूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु।’
पाँडेसँगै रास्वपाले बुझाएको बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा. महेन्द्र लावतीले नाम फिर्ता लिएको घोषणा गरेका थिए ।
बन्द सूचीको नामावली संशोधन गर्नका लागि आजदेखि पुस २८ गतेसम्म समय दिएको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend