Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कुलमान र बालेनको टीमबाट ४ पदाधिकारी थप गर्ने रास्वपाको निर्णय


    आइतबार, पुष २० २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय लिएको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

    उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकरएक जना थप गर्ने निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय गरिएको हो ।

    रास्वपाले कुलमान र बालेन पक्षलाई जोड्न पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । एकतापछि रवि पहिलो कुलमान दोस्रो र बालेनलाई वरियता हुने सहमति यसअघिकै भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार