Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले आफू निकट शीर्ष नेताहरुलाई छलफलमा बोलाए


    आइतबार, पुष २० २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरूलाई बोलाएका हुन् ।

    देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको अडानले पार्टीभित्र विवाद छ ।

    कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन हुनुपर्ने अडानसहित तयारी गरिरहेका छन् ।

    कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन पक्षधर भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार