Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • रोल्पामा स्कुल बस दुर्घटना हुँदा २ बालबालिकाको मृत्यु, ९ जना घाइते


    आइतबार, पुष २० २०८२
    485
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रोल्पामा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। घटनामा अरु ९ जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

    शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी सवार ग.१ ज ६६६६ नम्बरको बोलेरो जिप शनिबार राति १० बजेतिर दुर्घटनामा परेको हो।

    सुनछहरी गाउँपालिका-१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सुनछहारी-४ स्युरीतर्फ जाँदै गरेको ग. १ ज ६६६६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिए।

    मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिक रहेका छन्।

    ‘घटनास्थलबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृतक घोषणा गरेका हुन्,’ इन्पेक्टर नेपालीले नेपालखबरसँग भने, ‘घाइते नौ जना घाइतेलाई थप उपचारको लागि बुटवल सीटी अस्पताल लगिएको छ।’

    दुर्घटनापछि प्रहरीले जिप चालक रोल्पाकै लुंग्री गाउँपालिका-७ का २५ वर्षीय मन्सुर घर्तीलाई पक्राउ गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार