Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित


    आइतबार, पुष २० २०८२
    500
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित भएको मौसम विभागले जनाएको छ।

    कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍–भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    राति, तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोसी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार