Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


    आइतबार, पुष २० २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरि बोलाइएको हो।

    बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ ।

    ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो । त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार