Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानुपातिकमा अपाङ्गता भएका व्यक्तिको सिट सुनिश्चित गर्न सर्वोच्चको आदेश


    शुक्रबार, पुष १८ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले माधवप्रसाद चम्लागाई समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगका नाममा अन्तरिक आदेश जारी गरेको हो।

    निर्वाचन आयोगले सबै राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्द सूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितता हुने गरी सूची पेश गरे नगरेको छानबिन गरी नगरेको देखिएमा त्यस्तो दललाई उम्मेदवारको बन्द सूची सच्याई अपांगता भएका व्यक्तिहरूको नाम समेत समावेश गर्नु गराउनु भनि अन्तरिम आदेश जारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार