Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • चक्रे मिलन गोर्खा-२ बाट एमालेको उम्मेदवार सिफारिस


    शुक्रबार, पुष १८ २०८२
    575
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा(२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।

    नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो। उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय मेरो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए।

    आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको उनको भनाइ छ। समाज सेवासँगै राजनीतिमा योगदान दिन खोजेको उनले बताए। ‘गोरखाली जनताले आफूलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क रहेको छु,’ उनले भने।

    आफूलाई गुण्डा आरोप लगाउने गरेकोमा पनि उनले दुखित भएको प्रतिक्रिया दिए। आफुले एक साधारण नागरिकमा रुपमा समाजसेवा गरिरहेको उनले जिकिर गरे।

    गोरखाका एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले गुरुङलाई साझा उम्मेदवारका रुपमा हेरिएको बताए। गुरुङ निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढेको बताउँदै अधिकारीले भने, ‘आज गोरखाका आम युवा मात्र होइन, जेनजीको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार