Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपरथीमा बढुवा भएका तीन सैनिक अधिकृतलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


    शुक्रबार, पुष १८ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    त्यस्तै सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार