सर्लाही। नेपाली कांग्रेस सर्लाहीमा उम्मेदवार सिफारिस प्रक्रिया परिवार केन्द्रित बनेको तथ्य बाहिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ४ बाट एउटै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
हाल प्रदेश सभा सदस्य रहेका वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। यसैगरी उनका उमेर नपुगेका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस भएको छ। सुधिरकी आमा तथा वीरन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हालाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको छ।
पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन हुँदाहुँदै पनि हाल प्रदेश सभा सदस्य रहेका वीरन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको छ भने उनका भतिजाको प्रतिनिधि सभा उम्मेदवारका लागि उम्मेर पुगेको छैन। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधिसभामा उम्मेदवार नबनाउन निर्देशन दिएका थिए।
गत मंशिर २३ गते मंगलबार उम्मेदवार सिफारिसका लागि क्षेत्र नं। ४ मा बसेको बैठकले यी नामहरू उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको हो। त्यसपछि पार्टी भित्र विवाद चुलिएको थियो। पार्टीभित्र सम्भावित विरोधको आँकलन गर्दै सिफारिस सम्पूर्ण सूची गोप्य राखिएको कांग्रेसकै नेताहरू बताउँछन्।
पछि पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएपछि यो सूची बाहिरिएको हो। केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सर्लाहीबाट सिन्हाको नाम परेको छैन।
यस निर्णयलाई पार्टीको मापदण्ड विपरीत भएको भन्दै कांग्रेस महासमिति सदस्य डा। राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराउँदै सिफारिस बदर गर्न माग गरेका छन्। उनले आफूले पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी पेश गरेको भए पनि केन्द्रीय निर्णयको उल्लङ्घन गर्दै नाटकीय शैलीमा नाम सिफारिस गरिएको बताएका छन्।
उनले उक्त बैठकको उक्त निर्णय बदर गरेर आफ्नो उम्मेद्वार प्रस्तावलाई स्वीकार गर्न माग गरेका छन्। सर्लाही कांग्रेसमा देखिएको यो घटनाले उम्मेदवार छनोट प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend