Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कतारको जेलमा रहेका १३ नेपालीले पाए आममाफी


    शुक्रबार, पुष १८ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कतारको जेलमा रहेका १३ जना नेपालीले आममाफी पाएका छन् । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।

    कतारले आममाफी दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार व्यक्त गरेको छ । परराष्ट्रले विज्ञप्तिमा मानवीय आधारमा १३ नेपाली कैदीलाई दिइएको आममाफीको उच्च मूल्यांकन गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार