Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, पुष १८ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विगत केही दिनदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य आज फेरि बढेको छ।

    सुनको मूल्य आज तोलामा २ हजार नौसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज प्रतितोला दुई लाख ६२ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    हिजो सुनको भाउ तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको थियो।

    गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।

    त्यसैगरि आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँ बढेर चार हजार पाँचसय २५ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार