Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध


    बिहिबार, पुष १७ २०८२
    470
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् ।

    बिहीबार बिहान १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।

    उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।

    साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेको उनले बताए ।

    घटनापछि प्रहरीले बिहीबार बिहान स्थानीयसँग वार्ता गरेको थियो । तर, वार्तामा सहमति भएन । स्थानीयले दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार