Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा समानुपातिक उम्मेदवार शेर्पाले भने: राजनीतिमा रुचि छैन, नाम फिर्ता लिन चाहन्छु


    बिहिबार, पुष १७ २०८२
    590
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् । आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन चाहेको बताएका हुन् ।

    शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दलगत राजनीतिमा रुचि नराख्ने बताएका छन् । उनले लेखेका छन्, ‘मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु ।’

    उनले थप लेखेका छन्, ‘म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’

    उनले आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना पनि दिएका छन् ।

    टासी मिङ्मा शेर्पाका भाइ हुन् । मिङ्मा केही दिन अघि औपचारिक रुपमा रास्वपा प्रवेश गरेका थिए । दाजु रास्वपामा प्रवेश गरेर भाषण गरेको भिडियो सेयर गर्दै टासीले उनको राजनीतिक सफलताको शुभेच्छा व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार