काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हालेका छन् । सेना, प्रहरी, सशस्त्र सबै सुरक्षा निकाय प्रधानमन्त्रीकै मातहत हुन्छन् । तर उनले आफूलाई असुरक्षित मात्र होइन, ज्यानै लिनेसम्मको आक्रमण हुनसक्ने अभिब्यक्ति दिएका छन् ।
प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले तीन तहको सुरक्षा घेरा राखिएको छ, जुन उच्चकोटीको सुरक्षा घेरा हो । उच्चकोटीको सुरक्षा घेरामा रहने प्रधानमन्त्री ओलीले कसरी असुरक्षित महसुस गरे ? उनीमाथि साँच्चिकै सुरक्षा थ्रेट भएको हो कि जनताको सहानुभूति लिन उनले प्रोपोगान्डाका लागि यस्तो अभिब्यक्ति दिएका हुन् ? अन्यथा उनी कोबाट असुरक्षित छन् ? उनले सुरक्षा ब्यवस्थाप्रति नै विश्वास नगरेका हुन् ?

हेमन्त मल्ल ठकुरी र वसन्त कुँवर
पूर्वडीआइजी हेमन्त मल्ल प्रधानमन्त्रीले सार्वजनिक रुपमा आफू असुरक्षित रहेको अभिब्यक्ति दिंदा त्यसको सन्देश राम्रो नजाने बताउँछन् । उनले भने–‘प्रधानमन्त्री सरकार प्रमुख हो, यदि उहाँलाई थ्रेट भएको सूचना आउँछ भने त्यो सुरक्षा एजेन्सीलाई दिने हो । पब्लिकली सूचना प्रवाह गर्दाखेरी त्यो तहको मानिस त सुरक्षित छैन भने अरुको अवस्था कस्तो होला भन्ने सन्देश तलसम्म पुग्छ । पब्लिकली बोल्नुहुँदैन यस्ता कुरा । देशका सुरक्षा निकाय सबै प्रधानमन्त्रीकै मातहत छन् । तर पनि असुरक्षित भएको अभिब्यक्ति दिंदा सकारात्मक सन्देश जाँदैन ।
मल्लको भनाइ छ–‘भीभीआइपी र भीआइपीमाथि सुरक्षा थ्रेट छ भने पनि पब्लिकली आफ्नो कुरा आफैं राख्नुहुँदैन ।’
नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवर भन्छन्–‘राष्ट्रको कार्यकारीको सुरक्षामा कुनै कमी हुने कुरा हुनै सक्दैन ।’ प्रधानमन्त्रीले आफू असुरक्षित भएको र ज्यानै तलमाथि हुनसक्छ भनी दिएको अभिब्यक्तिका बारेमा कुँवरले भने–‘यसमा मैले केही भन्न मिल्दैन ।’
प्रधानमन्त्री ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताएका छन् । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला भनेपछि यसलाई कतिपयले ओलीको जनताको सहानुभूति लिने राजनीतिक स्टन्टबाजीका रुपमा लिएका छन् । यत्रो सुरक्षा घेरामा पनि हमला हुनसक्छ भनेर उनले लघुताभाष र हीनताबोध प्रकट गरेको भन्नेहरु पनि देखिएका छन् । सामाजिक संजालमा त झन् प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्तिको चर्को आलोचना भएको छ ।
नेपाल प्रहरीका अर्का पूर्व डीआइजीले प्रधानमन्त्री ओलीको अभिब्यक्तिलाई जनताको सहानुभूति लिने गोयबल्स शैलीका रुपमा लिएका छन् । उनले नाम उल्लेख नगर्ने सर्तमा भने–‘भीभीआईपी बाट आफूमाथि सुरक्षा थ्रेट छ भनी सार्बजनिक कार्यक्रमबाट अभिब्यक्ति आउनुलाई अनौठो मान्नुपर्छ । यदि यो थ्रेट साँच्चै महशुस भएको हो भने यसलाई गम्भीरतापूर्वक उच्च सुरक्षा संयन्त्रमा राखिनुपथ्र्यो । तर सुरक्षा निकायमा राख्नुको साटो सस्तो लोकप्रियताका लागि सुरक्षाजस्तो गम्भीर बिषयमा हल्का टिप्पणी गरी प्रधानमन्त्रीले जनताको सहानुभूति लिन खोजेको देखिन्छ ।
‘सुरक्षा निकायको विश्लेषणबाट आएको इन्टेलिजेन्स हो भने गम्भीरतापूर्वक सुरक्षा निकायले लिनेछन् । स्वयं प्रधानमन्त्री ओलीले आँकलन गर्नुभएको हो भने पनि तुरुन्तै केन्द्रीय तहको सुरक्षा संयन्त्र क्रियाशील बनाउनुपर्नेमा सार्वजनिक सभामा बोल्नु जनताको सहानुभूति लिने सस्तो राजनीतिक चालबाजी हो ।’ उनले भने–ओलीले आज जे बोले, त्यो झुटा आक्रमणको प्रायोजन पनि हुनसक्छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend