काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन प्रक्रिया सुरु गरेको छ। आयोगले दलहरूबाट प्राप्त बन्दसूचीको अध्ययन गरी नाम सहि(गलत भए हेर्न थालेको छ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कानुनअनुसार क्लस्टर मिलाउने र उम्मेदवारको नामको समावेशरअसमावेश जाँच्ने काम सुरु गरिएको हो । आयोगले पुस २० गतेसम्म प्रारम्भिक अध्ययन पूरा गरी दलहरूलाई पत्राचार गर्नेछ ।
भट्टराईका अनुसार दलहरूले पुस २७ गतेसम्म आवश्यक संशोधन गर्न सक्नेछन् । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पुस २८ गतेसम्म समय पाउनेछन् । नाम फिर्ता लिएपछि खाली स्थानमा सोही समूहको अर्को उम्मेदवारको नामावली पेश गर्ने समय पुस ३० गते तोकिएको छ ।
आयोगको कार्यतालिका अनुसार, माघ ४ गते उम्मेदवारको बन्दसूची प्रारम्भिक रूपमा प्रकाशित हुनेछ। माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धी दावी–विरोधको निवेदन दिने व्यवस्था छ । माघ ११ देखि १७ गतेसम्म आयोगले निवेदनको जाँचबुझ गरी निर्णय गर्नेछ ।
अन्तिम उम्मेदवारको बन्दसूची माघ २० गते प्रकाशन हुनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने तालिका तय गरिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend