मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो । रासस
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend