Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभा सुरु


    बुधबार, पुष १६ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणा सभा आयोजना गरिएको छ ।

    यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।

    पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

    ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

    थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार