काठमाडौँ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् ।
यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा। सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन्। यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
गत १९ मंसिरमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादव सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए ।
दोस्रो पटक उनले गत २९ मंसिरमा दुई जना मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend