काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएपछि उनले सामाजिक सञ्जालमार्फत बन्दसूचीमा भएका गल्तीलाई सच्याइने बताएका हुन् ।
उनले भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।
रास्वपामा समानुपातिक उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन भएको थियो । तर, पार्टीमा योगदान दिएका भन्दा पनि बाहिरी व्यक्हितहरु कलाकार, ब्यापारी तथा आफन्तलाई समेटेर सूची बुझाइएपछि रास्वपाभित्रै विवाद सिर्जना भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend