Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार सुनचाँदीकै भाउ घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, पुष १६ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

    बुधबार सुनको भाउ प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो।

    त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार