Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरेन्द्रनगरको सहिद पार्कमा युवा-युवती मृत भेटिए


    बुधबार, पुष १६ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा युवा युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान वीरेन्द्रनगर नगरपालिका–४ को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम प्रकाश यादवले मृत भेटिएका उनीहरुको पहिचान हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

    प्रहरीका अनुसार उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार