काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसांसद वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन् ।
रुपन्देहीमा जनधार भएका उनलाई रास्वपाले प्रतिनिधिसभामा उम्मेदवार बनाउने भएको छ । उनलाई रास्वपाले रुपन्देही २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । जुन क्षेत्रबाट यसअघिको निर्वाचनमा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले जितेका थिए ।
क्षेत्र संघीयतापछि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बनेका घिमिरे २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
घिमिरेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटघाट गरेपछि रास्वपा प्रवेशको चर्चा सुरु भएको हो । स्रोतका अनुसार उनलाई रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्तावसमेत आएको छ र त्यसमा उनी सकारात्मक देखिएका छन । रास्वपाले औपचारिक कार्यक्रममार्फत घिमिरेलाई पार्टी प्रवेश गराउने तयारी गरिरहेको बताइएको छ ।
तिलोत्तमा नगर प्रमुख रहँदा उत्कृष्ट काम गरेको भन्दै मेयर बालेन साहले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा घिमिरेको पक्षमा सार्वजनिक रूपमा प्रशंसा गरेका थिए ।
यसअघि नै एमाले लुम्बिनी पूर्व प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवासंघका पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवरलाई रास्वपाले समानुपातिक सूचीमा राखिसकेको छ । केही दिनअघि एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की पनि रास्वपा प्रवेश गरिसकेका छन् ।
एमालेले समानुपातिक सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपठाएपछि जिल्लाका कार्यकर्तामा पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको बताइएको छ । यही असन्तुष्टिको पृष्ठभूमिमा घिमिरेसहितका नेताहरूको रास्वपातर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend