Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • चुनाव नजिकिँदै जाँदा जनतालाई सचेत बन्न मेयर हमालको आग्रह


    मंगलबार, पुष १५ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चुनाव नजिकिँदै जाँदा नेताहरूको आगमन बढ्ने उल्लेख गर्दै आम जनताले उम्मेदवार छनोट गर्दा गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन्।

    उनले सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि गरिबी घटाउने ठोस योजना (रोडम्याप) अनिवार्य रूपमा माग्न नागरिकलाई आग्रह गरे।

    आज सामाजिक सञ्जालमार्फत मेयर हमालले भने, “चुनाव आउँछन्, नेताहरू आउँछन्। तर आम जनताले सोच्नुपर्ने मुख्य कुरा के हो भने-गरिबी घटाउन कुन दलसँग, कुन उम्मेदवारसँग के रोडम्याप छरु त्यो माग्नुपर्छ, त्यसबारे अध्ययन गर्नुपर्छ।” उनले स्पष्ट योजना बिना सुदूरपश्चिमको समग्र विकास सम्भव नहुने चेतावनी पनि दिए।

    उनका अनुसार, उम्मेदवारले पद सम्हालेपछि गरिबी कसरी घट्छ भन्ने स्पष्ट योजना प्रस्तुत गर्नुपर्नेछ। “तपाईँ आएपछि गरिबी कसरी घट्छ रु तपाईँको योजना के होरु त्यो योजना मागेर मात्र उपयुक्त पात्र छनोट गर्नुपर्छ,” उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार