Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बराबर सिट बाँडेर कांग्रेस-एमाले सहकार्य गरौँ: रामबहादुर थापा


    मंगलबार, पुष १५ २०८२
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–कांग्रेसबीच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।

    मुलुकमा निर्वाचनको माहौल खडा भइरहेका बेला उनले कांग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

    मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए।

    उनले भने, ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ। त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ। त्यसकारण अविलम्ब दुवै दलले अवको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ।’

    संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो। उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा समेत राखे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार