Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभाजनपछि पहिलोपल्ट नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा


    सोमबार, फाल्गुन १७ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहको  सचिवालय बैठक  आज (सोमबार) बिहान बसेको छ । विभाजनपछि नेकपा प्रचण्ड–नेपाल समूहको पहिलोपल्ट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा  वैठक बसेको हो ।

    आजको बैठकमा समसामयिक विषयसँगै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ । सर्वोच्च आदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल समूहले छलफललाई तीव्र पारेको छ ।

    अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेको एक नेताले बताए ।

    यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार