Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची


    मंगलबार, पुष १५ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।

    सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा काँग्रेसले मंगलबार ढिलो गरी बन्द सूची आयोगमा बुझाएको हो ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि काँग्रेसका तर्फबाट ११० जनाको नाम आयोगमा बुझाएको काँग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।

    काँग्रेसले बन्द सूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार