काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठ्दै जनताको चाहना र देशको हितलाई ध्यान दिएर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरणको सहमति गरिएको बताएका छन्।
सहमतिको भोलिपल्ट मंगलबार उनले यस विषयमा प्रतिक्रिया दिएका हुन्।
उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौँ।’
लामो रस्साकस्सीपछि सोमबार राति रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच राजनीतिक एकताको सहमति भएको हो।
रवि र बालेनबीच एकता सहमति (आइतबार) भएको भोलिपल्ट कुलमान पनि समेटिएका हुन्। सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्नेछन् भने महामन्त्री पद पनि उनकै पार्टी उज्यालो नेपाल पार्टीका नेता बन्नेछन्। तर यो निर्णय गर्न बाँकी छ।
यस्तै बाँडफाँटमा उज्यालो नेपाललाई समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत कोटा दिने सहमति भएको छ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend