Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ७ हजार ९०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, पुष १५ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार