Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपडेट: यी ७ वटा दलले बुझाए समानुपातिक उमेदवारको सूची


    सोमबार, पुष १४ २०८२
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको उमेदवारको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

    दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन् ।

    नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएको छ ।

    त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार