Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बयान दिन जाँचबुझ आयोग पुगे पूर्व गृहमन्त्री लेखक


    सोमबार, पुष १४ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरवारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् ।

    भदौ २३ र २४ गते जेन जेड आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

    त्यसपछि लेखकले दिउँसो २ बजे कांग्रेस संसदीय दलको कार्यालयबाट थप धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका क्रममा लेखक गृहमन्त्री थिए ।

    सुरुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै बयान नदिने सोचमा रहेका लेखकलाई नेपाली कांग्रेसका नेताहरुले जान सुझाव दिएका थिए ।

    तत्कालीन प्रधानमन्त्री ओली भने बयान दिन नजाने अडानमा छन् । तर उनी लिखित बयान दिन तयार भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार